महानगरले भन्यो – ‘सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए सुुविधा दिन्छौं’
पाेखरा | साउन २, २०७९
पर्यटन र प्रकृतिमार्फत संसारमा चिनिएको पोखरामा सर्वसाधारणलाई शौंच गर्ने स्थान छैन । सार्वजनिक शौचालयको अभाव रहेको पोखरामा मेयर धनराज आचार्यले नयाँ आइडिया ल्याएका छन् ।
उनको आइडिया हो ‘म्युचुअल बेनेफिट’ अर्थात् सामुहिक लाभ । महानगरले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन अपीलमार्फत व्यक्ति, संस्थालाई सार्वजनिक आव्हान गरेका छन् ।
अपीलमा भनिएको छ ‘शौचालयमाा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने, सर्वसाधारणको जानकारीको लागि यस्ता स्थानमा विशेष र पहिचानयुक्त लोगो÷संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको छ ।’
शौचालय सार्वजनिकरुपमा निशूल्क प्रयोग गर्न दिने व्यक्ति एवं संस्थालाई महानगरले सेवा, सुविधामा नीतिगत प्राथमिकता दिने जनाएको छ । त्यस्तै, सहयोगी व्यक्ति वा संस्थाको नाम र नम्बर महानगरले वेबसाइटमा राख्नेछ ।
सार्वजनिक अपीलअनुसार इच्छुकले यही साउन मसान्तभित्र निवेदन दिइसक्नु पर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

